Logo

सालको काठ सहित पक्राउ



धादिङ, १४ असार । सालको काठ ल्याउँदै गरेको अवस्थामा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । निलकण्ठ नगरपालिका दामगाडेबाट बा.३ ख ८७०३ नम्बरको मिनी ट्रकमा ल्याउँदै गरेको सालको काठ ३७.८४ क्यु फिट सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा ट्रकका चालक निलकण्ठ नगरपालिका आपस्वाँराका टिकाराम श्रेष्ठ र ट्रकमा सवार सोही नगरपालिकाका राजु श्रेष्ठ रहेका छन् ।
धादिङवेसीतर्फ आउँदै गरेको उक्त ट्रक जाँच गर्ने क्रममा उक्त परिमाणको काठ फेला पारी उनीहरुलई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पक्राउ व्यक्तिहरुलाई बरामद काठ सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाएको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्