Logo

वर्कशपमा जुवा खेल्ने पक्राउ



कास्की, १४ असार । जुवातास खेलिरहेको अवस्थामा ७ जना नगदसहित शनिबार दिउँसो पक्राउ परेका छन् । पोखरा महानगरपालिका ईन्द्रपुरी टोलका सुरेश गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा स्याङजा फेदिखोलाका सुसिल रेग्मी लगायत ७ जनालाई नगद १८ हजार ६ सय २० रुपैयाँ र २ सय ८० पत्ती तास सहित प्रहरीले पक्राउ गरेका हो ।
जुवातास खेलिरहेको विशेष सुचनको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले नगद तथा तास सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको जनाएको छ ।
यसैगरी पोखरा महानगरपालिका रत्नचोक सुगम मार्गका अमित भण्डारीको गिरीको वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी लगायत ६ जनालाई नगद ३० हजार ७ सय ७५ रुपैयाँ र ४ बुक तास सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त वर्कशपमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद तथा तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्