काठमाडौं, १४ असार । लकडाउनको मोडालिटी तयार पार्न गठित मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलको बैठक सम्पन्न भएको छ । आइतबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले लकडाउन अहिलेकैजस्तै कायम गर्नेबारे सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।
सरकारले लकडाउन खुकुलो बनाएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणको काम प्रभावकारी बनाउन यसअघि सरकारले ‘उच्चस्तरीय क्राइसिस म्यानेजमेन्ट टिम’ गठन गरेको थियो। उक्त कार्यदलमा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका सुरक्षा प्रमुख छन्। File Photo/ReportersNepal