Logo

क्वारेन्टाइनबाट घर फर्केका व्यक्तिको उपचारका क्रममा मृत्यु



अछाम, १५ असार। क्वारेन्टाइन बसेर घर फर्केका एक व्यक्तिको अछाममा उपचारका क्रममा मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ रामारोशनका ४५ वर्षीय व्यक्तिको उपचारका क्रममा बयलपाटा अस्पतालमा आइतबार मृत्यु भएको हो ।

शनिबार एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि उनलाई बयलपाटा अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका बेला मृत्यु भएको स्वास्थ्य कार्यालय, अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो । मधुमेहका बिरामी ती व्यक्तिले औषधिसमेत सेवन गरिरहेका अधिकारी जोशीको भनाइ छ ।

मृत्यु भएका व्यक्ति र उनीसँगै अस्पतालमा कुरुवा रहेका दुई जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब लिएर धनगढी पठाइएको छ । मृत्युसँगै क्वारेन्टाइनमा रहेका अन्य दुई जनामा आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि स्थानीयस्तरमै निर्माण गरिएको आइसोलेसन कक्षमा रहेका छन् ।

कोरोनासँग मिल्दो लक्षण देखिएपछि अस्पताल लगिएको रामारोशन गाउँपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी डम्बरबहादुर शाहले जानकारी दिनुभयो । भारतबाट आएर १४ दिन वडाको क्वारेन्टाइन बसेर असार ९ गते आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर गएको बताइएको छ ।

कैलालीको सीमा नाका गौरीफन्टा हुँदै जेठ २७ मा अछाम पुगेर वडामा रहेको कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा रहेको समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्