Logo

कांग्रेसको महाधिवेशन फागुन ७ बाटै हुने



काठमाडौ, १५ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १४औं महाधिवेशनको अन्तिम मितिलाई कायमै राख्दै अन्य कार्यतालिका संशोधन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणसँगै महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित भएपछि आइतबार बसेको पदाधिकारी बैठकले फागुन ७ देखि १० गते अन्तिम मितिलाई कायम राख्दै अन्य कार्यतालिका परिर्वतन गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बसेको बैठकले महाधिवेशनको संशोधित कार्यतालिका तय गरेको छ । संशोधित कार्यतालिकालाई अनुमोदन गर्न मंगलबार दिउँसो १ बजे केन्द्रीय समितिको बैठक कांग्रेसले बोलाएको छ । कात्तिक १६ गते देखि तल्लो तहको अधिवेशन सुरु गर्ने यसअघिको कार्यतालिका संशोधन गर्दै कांग्रेसले पुसमा पु¥याएको छ । यसअघि नै महाधिवेशनको कार्यतालिका संशोधन गरीसकेको कांग्रेसले संगठन समायोजनसहितका नौ चरणको तालिका संशोधन भएका छन् ।

फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्ने पार्टीको यसअघिको मितिलाई कायमै राखेर नयाँ कार्यतालिका पेस गर्न सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार महामन्त्री पूर्णबहादुर खड्काले संशोधित कार्यतालिका पेस गरेका थिए । उनले पदाधिकारी बैठकमा पेस गरेको कार्यतालिका अनुसार असार मसान्ताभित्र संगठन समायोजनको काम सक्न जिल्लाहरूलाई समय दिइने भएको छ । अझै २६ जिल्लाको संगठन समायोजन सक्न बाँकी भएपछि कांग्रेसले निर्वाचन समितिसँगको परार्मसमा समायोजनका लागि नयाँ निर्देशीका पठाइने समाचार आजको नागरिक दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्