Logo

सुदूरपश्चिममा सलह किराको मुल्य २५ रुपैयाँ केजी



कैलाली, असार १५ । शनिबार बिहान बारा र सर्लाही जिल्लामा पहिलोपटक देखिएको सलह किराको फौज अरु जिल्लामा पनि फैलन थालेको छ । नेपालमा सलह किराको जोखिम बढ्न थालेपछि सुदूरपश्चिम प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सर्तकता अपनाउन थालेको छ । प्रदेशले सलह किरा मार्ने व्यक्तिलाई प्रति केजीमा २५ रुपैयाँ प्रदान गर्ने निर्णय समेत गरेको छ ।’

आइतबार मन्त्रालयमा बसेको बैठकले सलह किरालाई सुदूरपश्चिम प्रदेशमा प्रवेश गर्न नदिन सर्तकता अपनाउने र किरा मार्नेलाई केजीमा २५ रुपैयाँ प्रदान गर्ने निणर्य गरेको हो । बैठकले मन्त्रालय मातहात रहेको कृषि निर्देशनालयका निर्देशकको संयोजकत्वमा द्रुत नियन्त्रण समुहसमेत गठन गरेको छ ।

यस्तै, नेपालका पूर्वी भागमा सलह किरा देखिएपछि कर्णाली क्षेत्रका स्थानीय तहलाई सर्तकता अपनाउन समन्वय गरिने निर्णय गरेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्