Logo

अर्जेन्टिना हुँदै ब्राजिलतर्फ पुग्यो सलह



एजेन्सी १६ असार : सलहको प्रकोप अर्जेन्टिना हुँदै ब्राजिलतर्फ उन्मुख भएको छ । कोरोना महामारीसँग जुधिरहेको ब्राजिलमा सलहको उच्च जोखिम भएको भन्दै कृषकलाई सतर्क रहन आग्रह गरिएको छ।

सलह पाराग्वे हुँदै अर्जेन्टिना पुगेको हो।अब ती सलह ब्राजिल र उरूग्वे पुग्ने आशंका गरिएको छ। पाराग्वेमा उत्पति भएको सलहको झुण्ड मे २१ मा अर्जेन्टिनामा पुगेको थियो। सलहले ती देशको मकै, उखुँ, गहुँ र जौ बाली नष्ट गरेको छ। यसको नियन्त्रण नभए महामारीको रुप लिन सक्ने अनुमान गरिएको छ। दक्षिण एशियामा समेत सलहको प्रकोप देखापरेको छ।



प्रतिक्रिया दिनुहोस्