Logo

भुवन केसी बिरुद्ध बोल्ने हिम्मत यसरी गरिन् साम्राज्ञीले



काठमाडौं, १७ असार । आफुले बनाएको वा आफुले अभिनय गरेको चलचित्र रिलिजको छेको बाहेक मिडियाकर्मीको सम्पर्कमा आउदैनन् भुवन केसी । यदि चर्चामा आउन प(यो भने आफैं ‘मिडियामा बिक्रीयोग्य’ विषय निर्माण गर्न पनि सिपालु छन् केसी ।

पछिल्लो समय भुवन केसीको चर्चा भयो नायिका साम्राज्ञी राज्यलक्ष्मी राणासंग जुहारी खेलेको विषयमा । साम्राज्ञीले केही दिन अघि मात्रै इन्स्टामा भिडियो पोष्ट गर्दै आफुले सुटिङमा पानी समेत पिउन नपाएको भन्दै नेपाली सिनेमामा परिवारवाद हाभी भएको टिप्पणी गरेकी छिन् । साम्राज्ञीको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बने लगत्तै भुवन केसीले सामाजिक सञ्जाल मार्फत भने ‘जुन थालमा खायो त्यहि थालमा प्वाल पार्ने रु’ भुवनको अभिब्यक्तिको आशय हो ‘कुनै पनि कलाकारले आफु भन्दा ठूलाले गरेको ज्यादतीको मौन समर्थन गर्नुपर्छ ।’

साम्राज्ञीको यो अभिव्यक्तीले आफुलाई वरिष्ठ दावी गर्दै नवोदित कलाकारहरुसंग नाजायज प्रस्ताव राख्नेहरुलाई झसंग समेत बनाइदिएको छ

सामाजिक सञ्जालमा भुवन केसी र साम्राज्ञीले थप जुहारी खेले भने निश्चित छ सर्वसाधारण दर्शक साम्राज्ञीको पक्षमा समर्थन जनाउछन् तर, फिल्म क्षेत्रमा क्रियाशिल ब्यक्तिहरु कतिपय मौन बस्ने छन् र केही भुवनकै स्वारमा स्वर मिलाउदै भन्नेछन् ‘जुन खालमा खायो त्यहि थाल प्वाल पार्ने यस्तो पनि हुन्छ ।’ किनकी भुवन केसीको ब्यानर चलेको ब्यानर हो र उक्त ब्यानरबाट बनेको फिल्ममा देखिन पाइयो भने भाग्य चम्किन्छ भन्ने भ्रम छ केही कलाकारमा । यहि कारण नेपाली चलचित्र क्षेत्रमा नयाँले पुरानोलाई हेप्ने प्रचलन संस्कार बनेको छ । पटक पटक हेपिएकाहरुले पनि म हेपिएँ भन्न सक्दैनन् ।

साम्राज्ञीको हिम्मत

कोरोना संकटपछि भएको लकडाउनले नेपाली चलचित्रको भविष्य अनिश्चित बनेको छ । प्रदर्शनको तयारीमा रहेका फिल्महरु कहिले प्रदर्शन हुने टुंगो छैन भने हलमा रिलिज हुँदा पनि ति फिल्मले लगानी उठाउने सम्भावना न्युन छ । यस्तो अवस्थामा नयाँ चलचित्र बनाउन पनि उत्तिकै समस्या हुने निश्चित छ । सारमा भन्दा अबका केही महिना कलाकार बेरोजगार हुने निश्चित छ । यो अवस्थामा पनि साम्राज्ञीले सुटिङका क्रममा आफुलाई हेपिएको कुरा गरेर दुष्साहसपूर्ण निर्णय गरेकी समाचार आजको राजधानी दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्