Logo

बाराबाट टुक्रिएको सलहको झुन्ड मकवानपुर हुँदै काठमाडौं आयो



काठमाडौँ, १७ असार । भारतबाट बारा प्रवेश गरेको सलह झुन्ड ३ दिनपछि काठमाडौं आइपुगेको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लाहरुमा सलह देखिएका छन् ।

प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ किट विज्ञ रामकृष्ण सुवेदीले असार १३ गते बारामा देखिएको झुन्ड टुक्रिदै काठमाडौं प्रवेश गरेको कान्तिपुरलाई बताए ।

उनले भने, बाराबाट झुन्ड टुक्रिएर मकवानपुर पुग्यो । त्यहाँबाट पनि टुक्रिएर चितवन पुगेको छ र चितवनबाट उक्त झुन्ड टुक्रदै धापाखेल हुँदै उपत्यका प्रवेश गरेको हो ।ु सुवेदीका अनुसार हावाको बहावसँगै चितवनबाट टुक्रिएको झुन्ड मकवानपुरको डाँडामाथि हुँदै काठमाडौं प्रवेश गरेको समाचार आजको कान्तिपुर दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्