Logo

स्टक एक्सचेन्जमा घटेको घटनामा भारतको मुख्य भूमिका थियोः पाकिस्तानी प्रधानमन्त्री खान



एजेन्सी, १८ असार । पाकिस्तान प्रधानमन्त्री इमरान खानले संसदमा बोल्दै भारतले स्टक एक्सचेन्जमा हमला गराएको आरोप लगाएका छन् । दक्षिणी कराँचीमा गत सोमबार स्टक एक्चेन्ज भवनमा भएको हमला भारतले गराएको भन्दै प्रधानमन्त्री खानले आफ्नो संसदमा जानकारी दिएका हुन् । घटनामा चार जना बन्दूकधारीले सोमबार स्टक एक्सचेन्जमा गरेको हमलामा दूई सुरक्षा कर्मी र एक प्रहरीको ज्यान गएको थियो ।

खानले मंगलबार संसद बैठकमा उक्त घटना बारे भारतमाथि सिधै आरोप लगाउनुलाई अर्थपूर्ण मानिएको छ । उक्त घटनामा भारतको संलग्नता रहेको आफू विस्वश्त रहेको आरोप लगाएका हुन् । भारतले भने उक्त घटनालाई आफूले नगरेको भन्दै अस्वीकार गरिसकेको छ । पाकिस्तानी प्रधानमन्त्री संसदमा आफ्नो सांसदहरुलाई इन्टेलिजेन्सको आधार आफूले उक्त विषय व्यक्त गरेको जनाएका छन् ।

आगामी दिनमा भारतद्वारा यस्ता प्रकारका घटना पुनः दाहोरिन सक्ने भन्दै आफ्नो सांसदहरुलाई सचेत हुन खानले आग्रह गरेका छन् । खानले भारतमा घटेको सन् २००८ मा मुम्बई हमला जस्तै प्रकारको गतिविधि भारले गराउने खोजेको आरोप लगाएका छन् ।

पाकिस्तानी आर्मीले उक्त घटनामा चालेको कदम ठूलो जीत प्राप्त गरेकोमा धन्यबाद समेत दिएका छन् । बलुचिस्तानमा रहेको पृथकतावादीले भने ट्विटरमार्फत उक्त घटनाको जिम्मेबारी लिएको जनाइएको छ । जसलाई पाकिस्तानले सन् २००६ देखि पाकिस्तान प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो ।

पाकिस्तानी खुफिया एजेन्सीले इस्लामाबाद लगायत अन्य क्षेत्रमा चार ठूलो आक्रमण हुन सक्ने संकेत दिएको छ । बिखण्डनकारीलाई निरन्तर भारतले सहयोग गरिरहेको ओरोप खानले लगाइरहेका छन् । सन् २०१८ मा बलुचिस्तानमा रहेको चिनियाँ कन्सुलेटमा भएको आक्रमण जिम्मा समेत पृथकतावादीले लिएको थियो । बलुचिस्तानमा बेल्ट एण्ड राडे इनिसिएटिभको थूप्रै लिंक रहेको जनाइएकोे छ ।



प्रतिक्रिया दिनुहोस्