Logo

वडा अध्यक्षले कार्यालयमै अनैतिक कार्य गरेको भन्दै वडा कार्यालय तालाबन्दी



सल्यान, १९ असार । सल्यानको त्रिबेणी गाउँपालिका वडा नम्बर ४ को वडा कार्यलयमा स्थानीयले तादाबन्दि गरेका छन । स्थानीयले बिहिबार बिहान १० बजे तिर तालाबन्दि गरेका हुन ।

बुधबार राति वडाध्यक्ष मध्यरातमा वडा कार्यालयमै एक महिला सहित फेला परेपछि स्थानीयले वडा कार्यलय तालाबन्दि गर्नुका साथै बिद्यालयमा समेत तालाबन्दि गरेको ४ नम्बर वडा सदस्य सिता बिष्टले बताउनु भयो ।

उहाँका अनुसार वडाध्यक्ष छविलाल शर्मालाइ स्थानीय एक महिलासंग अनैतिक कार्य गरेको अबस्थामा स्थानीयहरुले फेला पारेको थिए ।बुधबार राती महिलासँग वडा कार्यालयमै अनैतिक कार्य गरिरहेको अवस्थामा स्थानीयहरुले फेला पारेपछि ईलाका प्रहरी कार्यलय लुहामको जिम्मा लगाइदिएको उहाँको भनाइ छ ।

तर प्रहरीले बिहान उनिहरुलाइ त्यतिकै छोडिदिएको र महिला बेपत्ता भएकाले घटनाको छानबिन हुनुपर्ने र महिलाको खाजबिन गर्नुपर्ने भन्दै वडा कार्यलय तथा बिद्यालयमा समेत तालाबन्दि गरको वडा सदस्य बिष्टले बताउनु भयो ।

अबेर रातीसम्म वडाध्यक्ष कार्यालयमा महिलासँग बसिरहेको सुचना पाएपछि स्थानीयहरुले कार्यालय घेराउ गरेका थिए । स्थानीयले कार्यालय घेराउ गरेपछि वडाध्यक्षले भित्रबाट ताला लगाएर बसेको खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्