Logo

संसद् अन्त्यप्रति कांग्रेसको असहमति



काठमाडौं,असार १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय–संसद्को अधिवेशन हतारमा अन्त्य गरिएकोमा असहमति जनाएको छ । संसदीय दल र पार्टीको तर्फबाट अलग–अलग धारणा सार्वजनिक गर्दै कांँग्रेसले संसद् अधिवेशन अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल कांँग्रेससँग कुनै परामर्श नभएको जनाएको छ ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सङ्घीय–संसद्मा पर्याप्त विधेयक र जनसरोकारका विषयमा छलफल भइरहेकै बेला आकस्मिक रूपमा अधिवेशन अन्त्य गर्नु गलत भएको बताएका छन् ।

मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै बिहीबार साँझ ५ बजेबाट चालू अधिवेशन अन्त्य भएपछि कांग्रेसको यस्तो प्रतिक्रिया आएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्