Logo

चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई चार लाख भारतीय रुपैयाँ दिइने



२० असार : भारतको बिहार राज्यले चट्याङ मृत्यु भएकाको परिवारलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । समाचारमा जनाइएअनुसार उक्त राज्यका मुख्यमन्त्री नितिश कुमारले शनिबार सो घोषणा गरेका हुन् ।

गत बिहीबार मात्र वर्षासँगै परेको चट्याङलले लागेर बिहारमा २२ जनाको ज्यान गएको थियो । मुख्यमन्त्री नितिश कुमारले शनिबार सो घोषणा गर्नुभएको भारतीय सञ्चारमाध्यमहले जनाएका छन् ।

बिहारको विपद् व्यवस्थापन विभागले गत शुक्रबार बिहान चट्याङ लागेर २२ जनाको र अघिल्लो हप्ता कम्तीमा पनि ९२ जनाको ज्यान गएको बताएको थियो ।

बिहारमा मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो ।एएनआई



प्रतिक्रिया दिनुहोस्