Logo

विश्वका महान ७ गुरुहरु



महर्षि वेदव्यासः धर्म ग्रन्थको अनुसार महर्षि वेदव्यास भगवान विष्णुका अवतार थिए । उनको पुरा नाम कृष्णद्धैपायन हो । उनले वेदको विभाजन, महाभारत, श्रीमद्धागवत जस्ता महान ग्रन्थको रचना गरे ।
परशुरामः परशुराम एउटा महान योद्धा थिए उनी जन्मदेखी ब्राह्मणभएपनि क्षेत्रीको जस्तो स्वभाव थियो । भगवान शिवबाट शस्त्र –अस्त्रको शिक्षा प्राप्त गरेका थिए । उनको पिता जमद्रगिलाई अर्जुनको छोरा कार्तवीर्यले हत्या गरेपछि बदला लिन पुरै धर्तिमा केहि समय क्षेत्री विहीन गरीदिएका थिए ।
द्रोणाचार्यः द्रोणचार्य द्धापर युगका महान गुरु थिए । द्रोणाचार्य महान धर्नुधर पनि थिए । उनले नै कौरव र पांडवहरुलाई शस्त्र –अस्त्रको ज्ञान दिएका थिए । उनले धेरैलाई ज्ञान दिएपनि एक मात्र प्रिय शिष्य धर्नुधर अर्जुन थिए ।
आचार्य चाणक्यः चाणक्यलाई पनि महान गुरु मानिन्छ । आचार्य चाणक्यले आफ्नो कुटनिति बलले अखंड भारतको निर्माण गरेका थिए । चाणक्यले तक्षशिलामा राजनिति र अर्थशास्त्रमा शिक्षा प्राप्त गरी आचार्य बनेर छात्र छात्राहरुलाई शिक्षा दिन थालेका हुन् । जब सिकन्दरले भारतमा आक्रमण गरे तब चाणक्यले भारतको गणराज्यलाई एकत्रित गर्न कोशिश गरेका थिए । चाणक्यको निति आजपनि प्रासंगिक छ । कौटिल्यको अर्थशास्त्र उनकै महान रचना हो ।
श्री कृष्णः श्रीकृष्णले महाभारतको समयमा अर्जुनलाई गीताका ज्ञान दिएका थिए । अर्जुन रणभुमिमा हार मान्दैगर्दा श्रीकृष्णले अर्जुनलाई हिम्मत दिएर जिन्दगीको पाठ सिकाएृका थिए । जसको कारण पांडवहरु युद्ध जित्न सफल भए ।
ब्रहार्षि विश्वामित्रः ऋषि विश्वामित्रा धेरै प्रतापी र तेजस्वी महापुरुष थिए । उनी ठुलो पराक्रमी र प्रजावत्सल राजा थिए । उनी जन्मदा क्षेत्रिय भएपनि उनको घोर तपस्याबाट प्रसन्न भएर भगवान ब्रह्माले ‘ब्रहार्षि’ को पद दिएका हुन् । धर्मग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्