Logo

लकडाउनः चोरलाई अवसर



चितवन, असार २२ । कोभिड–१९ सङ्क्रमण रोक्न गरिएको लकडाउन सर्वसाधारणका लागि सकस भए पनि चोरका लागि भने अवसर बनेको छ । चोरले लकडाउनलाई अवसरका रूपमा प्रयोग गरेका छन् । चोरको बिगबिगी बढेपछि कतिपय वडा र टोलमा रात्रि गस्ती सुरु गरिएको छ ।

महानगरपालिकाका ग्रामीण क्षेत्रमा खसीबोका र सहरी क्षेत्रमा घर, पसल चोरीका घटनामा वृद्धि भएपछि कतिपयले प्रहरीमा जानकारी गराएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर १४, २२, २४ र २५ मा रातको समयमा घरबाट खसीबोका चोरी भएको छ ।

जिल्ला प्रहरी प्रमुख नान्तिराज गुरुङले चोरीको घटना बढ्न नदिन सहरी क्षेत्रमा रात्रि गस्ती र निगरानी बढाइएको बताए । कोरोनाका कारण बेरोजगारी बढेको र कतिपयले दैनिक गुजारा गर्न समस्या भएपछि चोरीमा संलग्न हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले केही चोरलाई प्रहरीले पक्राउ गरे पनि कोरोना सुरक्षा थ्रेडका कारण धेरै दिन नराख्ने भएकाले चोरहरू झनै सक्रिय भएको बताएको आजको गोरखपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्