Logo

४१ प्रतिशतभन्दा बढी कोरोना संक्रमित निको



काठमाडौं, असार २२ । नेपालका कुल कोरोना संक्रमितमध्ये ४१.५ प्रतिशत निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आइतबारसम्ममा नेपालमा १५ हजार ७ सय ८४ जना कुल संक्रमित छन्। तीमध्ये ६ हजार ५ सय ४७ निको भएका हुन्। आइतबार २ सय ९३ जना एकदिनको अवधिमा संक्रमित पुष्टि भएका हुन्।

निको हुनेमा सबैभन्दा बढी प्रदेश २ मा २३ सय ३४ जना छन् भने प्रदेश ५ मा १७ सय २५ छन्। यी दुवै प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी कर्णालीमा ११ सय ९१ जना निको भइसककेका छन्। सुदूरपश्चिममा ६ सय ८०, प्रदेश १ मा ४ सय ६९, बाग्मतीमा २ सय ३४ र गण्डकीमा ६ सय ८० छन्।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्