Logo

खुर्सानीको धुलो आँखामा छर्की मंगलशुत्र लुटपाट



बर्दिया, २२ असार । सुनको मंगलशुत्र लुटपाट गरेको अभियोगमा रबिन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका स्थित आफताब सुनचाँदी पसलबाट करिब २ लाख ७६ हजार ४ सय ४५ रुपैयाँ बराबरको मंगलशुत्र १८ पिस लुटपाट गरेको अभियोगमा सोही नगरपालिकाका चौधरी पक्राउ परेका छन् ।

चौधरीले उक्त पसलमा आई २ लाख बराबरको सुनका गरगहना खरिद गर्छु भनी देखाउन लगाई पसल संचालक आफताब जसगढलाई खुर्सानीको धुलो आँखामा छर्की टेबलमा राखेको उक्त मंगलशुत्र लिई जानकारीका प्राप्त भएसँगै बर्दियाबाट खटिएको प्रहरीले चौधरीलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ । उनको साथबाट मंगलशुत्र १८ पिस, खुर्सानीको धुलो, मोबाइल १ थान र पैसा जस्तो बनाई सेतो प्लाष्टिकमा बेरिराखेको ३ सय १८ पिसको कागजको गड्डी १ थान समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । File photo



प्रतिक्रिया दिनुहोस्