Logo

छुट्टाछुट्टै स्थानमा लागूऔषधसहित पक्राउ



काठमाडौं, २२ असार । अवैध लागूऔषध सहित एकजनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । बारा जितपुरसिमरा उपमहानगरपालिका दुधौरा पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्राम सहित बासदेव महतो पक्राउ परेका हुन् ।

लागूऔषध गाँजा ओसारपसार गरिरहेको सूचनाको आधारमा बाराबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । महतोमाथी लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यसैगरी बारा जितपुर सिमरा उपमहानगरपालिका बकुलिया र आमाडारको दुधौरा खोलास्थितबाट अवैध लागूऔषध गाँजा करिब ८ केजी सहित पचु पासवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा पटेरवा सुगौली गाउँपालिका सोनबर्षाका किसुन मण्डललाई अवैध लागूऔषध गाँजा करिब २३ केजी सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रङ्गपुर टाडीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्