Logo

कोरोना भाइरस संक्रमणः कुन प्रदेशमा कति संक्रमित, कति निको भए



Coronavirus Testing

काठमाडौं, २३ असार । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको छ। सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न लकडाउनलाई निरन्तरता दिएको छ। गत चैत्र ११ गतेदेखि लकडाउन लागू गरिएपनि संक्रमितको संख्या भने दिनप्रतिदिन बढिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्र थप १८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा संक्रमण देखिएको छ। सोमबारसम्म कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ।मन्त्रालयका अनुसार गत २४ घन्टामा २६४ जनाले स्वास्थ्य लाभ गरी घर फर्किएका छन्।

हालसम्म सातवटै प्रदेशका सबै जिल्लामा कोरोना भाइरस संक्रमण देखिएको छ। जसमध्ये प्रदेश १ मा ७१० जनामा कोरोना संक्रमण देखिएको छ भने ४६९ जना स्वास्थ्य लाभ गरी घर फर्किएका छन्। यस्तै प्रदेश २ मा संक्रमितको संख्या ४ हजार १८४ पुगेको छ भने २ हजार ०७२ जनाले कोरोना जितेका छन्। बागमती प्रदेशमा ६३९ जनामा संक्रमण देखिएको छ भने २३४ जना कोरोनामुक्त भएका छन्।

यस्तै मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा १ हजार १७५जनामा कोरोना संक्रमण देखिए पनि २९५ जना संक्रमण जित्न सफल भएका छन्। यस्तै, प्रदेश ५ मा ३ हजार ९८४ जनामा संक्रमण देखिए पनि १ हजार ८५७ जनाले स्वास्थ्य लाभ गरेका छन्। यस्तै कर्णाली प्रदेशमा देखिएका १ हजार ५८१ संक्रमितमध्ये १२२ जनाले कोरोना जित्न सफल भएका छन्। सुदूरपश्चिम प्रदेशमा भने हालसम्म ३ हजार ६९१मा संक्रमण देखिएको छ भने ६२२ जना कोरोना मुक्त भएको मन्त्रालयका प्रवक्ता डा।गौतमले जानकारी दिएका छन्।

हालसम्म जम्मा १५ हजार ९६४ जनामा संक्रमण देखिएको छ। ६ हजार ८११ जना स्वास्थ्य लाभ गरी डिस्चार्ज भएका छन्।मन्त्रालयका अनुसार निको हुनेको संख्या ४२।ठ प्रतिशत र आइसोलेसनमा रहनेको संख्या ५७।१ प्रतिशत हो। यस्तै आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइरहेको छ।

सोमबार कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार मृतकको संख्या ३५ पुगेको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्