Logo

‘कर्णालीमा भोकको खतरा’



सुर्खेत, २३ असार । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा रोगपछि भोकको चुनौती तेर्सिएको बताउनुभएको छ ।

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको आज बसेको २५औं  बैठकमा विनियोजन विधेयक, २०७७ माथिको जारी छलफलका क्रममा कृषि मन्त्रालयको बजेटमाथि सभा सदस्यले उठाएका जिज्ञासाको जवाफमा मन्त्री केसीले कोभिड–१९ र पछिल्लो समयमा आइलागेको सलह सङ्कटले कर्णालीमा भोकको खतरा बढ्ने जनाउनुभयो । कोरोना, सलह र अमेरिकी फौंजीको प्रकोपबाट नागरिकलाई बचाउन सरकार लागिपरेको उहाँले बताउनुभयो ।

कूल बजेटमा १०.८९ प्रतिशत कृषिमा विनियोजन भएकामा चालु खर्चमा ८१ र पूँजीगत खर्चमा १९ प्रतिशत बजेट रहेको बताउँदै उहाँले कृषि कर्म गर्नेले सूचना नपाउने र भएका फर्म दर्ता गर्न फुर्सद नहुने अर्को चुनौती भएकाले झोलामा फर्म दर्ता गरेर राख्ने कामलाई मन्त्रालयले पन्छाउँदै आएको समाचार आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्