Logo

आजको मौसम: यी ठाँउमा भारी वर्षा



काठमाडौं, असार २४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशमा पूर्ण बदली रही बाकी भूभागमा सामान्य बदली कायमै रहने जनाइएको छ ।

पछिल्लो हप्तादेखि सक्रिय मनसुनका कारण अहिले सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशका केही र बाकी भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

बुधबार दिनभर देशभर सामान्य देखी पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावनासमेत बढ्दै गएको महाशाखाले जनाएको छ । सुदुर पश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, बाग्मति प्रदेश, प्रदेश २ र प्रदेश १ का एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखद्धारा जारी मौसम सम्बन्धि समाचारमा उल्लेख छ ।

आज रातीसम्म देशभर सामान्य देखी पुर्ण बदली रही प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का धेरैजसो स्थानहरुमा तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, कर्णालि प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक र दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्