Logo

मालिक्नीलाई देखाउन ससुराले बुहारी कुटे



अछाम, २४ असार । भारतमा काम गर्ने घरकी मालिकनीको लिपिस्ष्टिक र घडी चोरेको भन्दै सुसुराले बुहारीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्। अछामको मंगलसेन नगरपालिका ३ लाछिमना घर भइ हाल भारतको पुनामा बस्दै आएका ससुरा कालु भुलले बुहारी भरु बिकलाई कुटपिट गरेको भिडियो सामाजिक संजालका भाइरल भएको छ।

काम गर्ने घरमा मालिकनीको लिपिष्टिक र घडी चोरेको भन्दै मालिकनीलाई यसरी कुटेको भन्दै देखाउनलाई भिडियो खिचिएको बताइएको छ। भिडियो खिच्ने भरुका श्रीमान् दिनेश हुन्। भरुले एक वर्ष पहिले दिनेशसँग भागी विवाह गरेकी थिइन्। १६ वर्षीया भरुको माइती मंगलसेन नगरपालिका ७ जनालीबण्डी खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्