Logo

मास्क नलगाइ हिड्नेलाई सय रुपैयाँ जरिवाना



सिरहा, २४ असार । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण तथा रोकथाम नियन्त्रणको लागि सरकारले अनिवार्य रुपमा मास्क प्रयोग गर्न अनुरोध गरेको छ। सो अनुरोध नमान्नेलाई प्रहरीले कारवाही गर्न थालेको छ।

बुधबार प्रहरीले सवारी साधन तथा पैदल हिँड्दा अनिवार्य रुपमा मास्क प्रयोग नगरेका ६४ जनालाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी विनोद घिमिरेले जानकारी दिए।

उनका अनुसार जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिई संक्रमण रोग ऐन २०२० अनुसार कारवाही लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको थियो। नियन्त्रणमा लिएका सय रुपैयाँ जरिवाना तिरेर प्रशासन कार्यालयबाट छुटेको खबर आजको अन्नपुर्ण पोस्टले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्