Logo

तीन दिन झुलाघाट नाका खुल्ने



बैतडी, असार २४ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबारदेखि तीन दिनका खुल्ने भएको छ । दुवै देशका स्थानीय प्रशासनको समन्वयमा सीमा नाका खुला गर्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण अन्तराष्ट्रिय सीमा नाका बन्द भएकाले दुवै देशका स्थानीय प्रशासनहरुको सहमतिमा नाका खुल्न लागेको हो । सीमामा फसेका नागरिकलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नका लागि र नेपालबाट भारत फर्कन चाहने भारतीय नागरिकका लागि सीमा नाका खोल्ने तयारी भएको हो ।

‘भारतीय सीमामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नेपालीहरुलाई पेन्सन बुझ्नका लागि भारतमा जान दिने, नेपालमा रहेका भारतीय नागरिकलाई पनि भारत जान दिनका लागि नाका खोलेका हौं।’सहायक प्रमुख जिल्ला अधिकारी नेगीले भने । भारतबाट पेन्सन बुझ्ने नेपाली नागरिकलाई सीमा नाका बन्द हुँदा धेरै समस्या भएको पनि हामीले नाका खोलिएको उनले बताए।

बुधबार बिहान ९ बजेदेखि नाका खुला रहने आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्