Logo

कानपुरमा आठ प्रहरी मारिएपछि नयाँ डिआईजी पठाइए, ६८ प्रहरी निलम्वित



एजेन्सी २४ असार । कानपुर एन्काउंटरपछि उत्तर प्रदेशको मोरादावाद क्षेत्रका लागि नयाँ डिआईजी अनन्त देवको नियुक्ति भएको छ । उनले मंलवारदेखि उक्त क्षेत्रको कार्यभार सम्हालेका हुन् । कार्यभार सम्हाल्न साथ उनले उत्तर प्रदेश प्रहरीलाई हालै क्रुरतापूर्वक हत्या गरिएको अधिकृतसहित आठ जनाको हत्याको छानविन प्रक्रिया अगाडि बढाएका हुन् ।

डिएसपी देवेन्द्र कुमारले अनन्त देवलाई लेखेको चिठ्ठिको आधारमा अनुसन्धान सुरु भएको हो । उक्त चिठ्ठिमा विकास दुवे र कानपुर स्थानीय प्रहरी चौकीका प्रमुखबीच सम्बन्धको आरोप लगाइएको छ । लेखिएको चिठ्ठिे आधिकारिक रुपमा दर्ज भइ अनुसन्धान प्रक्रिया सुरु भएको छ ।

चिठ्ठिको आधारमा चौवेपुर प्रहरी चौकीका प्रमुख विनय तिवारी र दुवेबीच निकै गहिरो सम्बन्ध रहेको उल्लेख गरिएको छ । डिआईजीले आफ्नो कामलाई निरन्तरता दिदैँ प्रहरी प्रमुख सहित ६८ प्रहरीलाई हटाएका छन् । उक्त विषयमा अनुसन्धान भइरहेको छ । यस घटनामा दुवेसँग कानपुरका दूई व्यापारी समेत संलग्न रहेको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्