काठमाडौ, २४ असार । प्रहरी निरीक्षक राम बालक रायमाथी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । ईलाका प्रहरी कार्यालय, भिमफेदी, मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक रायले सवारी साधन रोकी बारम्बार पैसा मागी दुःख दिएको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा रायले सेवाग्राहीको सामाग्री ढुवानी गर्न प्रयोग हुने सवारी साधन रोकी १२ हजार रुपैयाँ घुस लिएको पुष्टि भएकोले उनलाई कानुन बमोजिम जरिवाना कैद सजाय हुन र घुस लिएको रकम जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।