Logo

‘हामी केही जान्दैनौं, भारतीय चलखेल मान्दैनौं’ भन्दै प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देशव्यापी रुपमा प्रदर्शन भैरहेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री ओलीको राजीनामा मागिएको छ। अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकको पहिलो दिनमै ओलीको राजीनामा माग गरेका थिए ।

ओलीको समर्थकहरुले आज देशभरिका विभिन्न शहरमा प्रदर्शन गरेका हुन् । काठमाडौंको चावहिलमा समेत भौतिक दूरी कायम गरेर प्रदर्शन गरिएको थियो । प्रदर्शनमा उत्रिएकाहरुले राजनीतिक स्थिरता कायम गर, फेर्नुछ छ चाँडो देशको मुहार, हाम्रो भविष्य हाम्रो सरकार, प्रधानमन्त्री ओली आजको लागि होईन भोलिको लागि, हामी केही जान्दैनौं, भारतीय चलखेल मान्दैनौं, मान्छेको शान बोलीले, नेपालको शान ओलीले, भारतीय दलाल मुर्दावाद, देश बेच्न पाईँदैन्, ओली फेर्न पाईँदैन्, लिम्पियाधुरा छोडिन्न, पार्टी एकता तोडिन्न लगायतका नारा लिखित प्लेकार्ड बोकेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot