भगवान शिवमा समर्पित साउनको पवित्र महिना आरम्भ हुन्छ । शिव भक्ति साउन महिनामा विशेष उत्साह लिएर आउछ । अन्य समयको पुजा भन्दा साउन महिनामा गरिने शिवको पुजा अर्चना र व्रतले केही गुना लाभ मिल्नेछ । साउनको पुजा अर्चना र व्रत नियम अनुसार गर्नु अनिवार्य मानिन्छ ।
जलभिषेकः साउनमा शिवजी लाई अभिषेक गर्दा कहिल्यैपनि बेसारको प्रयोग गर्नुहुन्न । साउन महिनामा शिवको पुजामा बेसारको प्रयोग वर्जित छ ।
भेन्टा नखानेः भेन्टालाई साउन महिनामा खान वर्जित मानिन्छ । भेन्टालाई अन्य धर्ममा पनि अशुद्ध मानिन्छ ।
दुधको सेवनः साउन महिनामा दुघ खान वर्जित मानिन्छ । साउनमा भैसी, गाईले साना साना किरा खाने हुनाले दुधलाई हानिकारक मानिन्छ । यसैले दुध शिवलाई चढाउने तर दुधको सेवन चाही गर्नुहुँदैन ।
साउन महिनामा नराम्रो विचार आउन नदिने साउन महिना भर धर्म ग्रन्थ सम्बन्धि किताब पढ्ने । मनमा नराम्रो विचार आउन नदिने । माछा मासु नखानुः माछा मासु खाँदा मन अशुद्ध हुने भएकोले अशुद्ध मनले भगवान शिवको पुजा गर्नु हुँदैन ।
कसैको अपमान नर्गनु
बिहानै उठेर शिवको पुजा गर्नु
सरसफाई गर्नु