Logo

रुसमा कोरोनाविरुद्व चार प्रकारका खोप उत्पादनको तयारी



एजेन्सी, २६ असार । रुसले कोरोनाविरुद्व लड्न १७ किसिमका भ्याक्सिनको विकास गरिरहेकोे छ । रुसी मन्त्री मिखाइल मुराशकोले यसबारे जानकारी दिइसकेका छन्।

कुल १७ मध्ये प्रभावकारी मानिएको चारवटा भ्याक्सिनलाई प्रयोगमा ल्याउने विश्वास रुसी स्वास्थ्य मन्त्री मुराशकोले व्यक्त गरेका छन् । १७ मध्ये चारवटा भ्याक्सिनको उत्पादनमा जोड दिने समेत जनाइएको छ ।

उक्त भ्याक्सिनलाई रुसमा प्रयोग गरिने रुसी स्वास्थ्य मन्त्रीले एक अन्तरवार्ता स्पष्ट पारेका छन् । कोरोना संक्रमित व्यक्तिका लागी रुस सरकारले इमजेन्सी हटलाइनको समेत व्यवस्था गरेको उनले बताए । Photo Source : TASS



प्रतिक्रिया दिनुहोस्