Logo

बारेकोट पहिरो अपडेटः सातको शव भेटियो, सात बेपत्ता



जाजरकोट, २७ असार । जाजरकोटको बारेकोट गाउँपालिका विभिन्न स्थानमा गएको पहिरोमा सात जनाको मृत्यु भएको छ। छुटाछुटै घटनामा सातजना बेपत्ता भएका छन्। बारेकोट ४ जिरी सार्कीटोलमा गएराति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ मध्ये सात जनाको शव भेटिएको हो।

पहिरोमा परेर ५२ वर्षीया गोपाल सार्की र उनका ११ वर्षीया छोरा अर्जुन सार्कीको शव फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै कलु सार्की ९दिदी० को घरमा पाहुना आएका कुशे ९ चौताराका २० वर्षीया डिल्ली सार्की र १८ वर्षीया वीरेन्द्र सार्कीको शव फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले जानकारी दिए।

त्यस्तै कलु सार्कीकी १४ वर्षीया छोरी तिर्सा सार्कीको पनि शव फेला परेको छ। दुईजना महिलाको शवको पहिचान खुल्न नसकेको उनले बताए। पहिरोमा बेपत्ता अन्य सात जनाको खोजी भइरहेको डीएसपी श्रेष्ठले बताए।

पहिरोले बारेकोट(४ सार्कीगाउँका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा पाहुन आएका दुईसहित पाँचजना अझै बेपत्ता छन्। त्यस्तै बारेकोट ६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने बाढीले बेपत्ता भएका खबर अजाको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ । File photo



प्रतिक्रिया दिनुहोस्