Logo

सलह किन्न पाँच लाख बजेट



झापा, असार २७ । जिल्लाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि पाँच लाख रकम बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए ।

‘सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएका हौ ।’ उनले भने, ‘सलह समातेर ल्याउनेलाई प्रतिकेजी एक सय रुपैयाँ दिने योजना ल्याएका छौँ ।” खरिद गरिएको सलह किरा नगरको कृषि शाखाले प्रतिकेजी ५० रुपैयाँका दरले पशु आहारका लागि दाना उद्योगलाई दिने निर्णय गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्