Logo

अझै तीन दिन बर्षा जारी रहने, आज यी क्षेत्रमा हुनेछ अधिक बर्षा



काठमाडौं, असार २८ । नेपालमा अझै तीनरचार दिन देशव्यापी वर्षाको शृङ्खला जारी रहने देखिएको छ । मनसुन सक्रिय गराउने मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले केहि दिन बर्षा निरन्तर रहने जनाइएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार सक्रिय मनसुनका कारण देशभर सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने क्रम जारी छ ।

आउँदो २२ घन्टा देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका थोरै स्थानमा साथै गण्डकी प्रदेश, प्रदेश ५ तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुनसक्ने आकलन गरिएको छ ।

ती प्रदेशमा रहेका साना ठूला नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्क हुन आग्रह गरिएको छ ।

आउँदा तीन दिन देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पूर्वदेखि पश्चिम सम्मका विभिन्न साना तथा ठूला नदीको बहाव बढ्ने सम्भावना रहेकाले सतर्क रहन र नदी आसपास नजानसमेत आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्