Logo

भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध कायमै राख्छौः प्रवक्ता खतिवडा



काठमाडौं, २९ असार । सरकारले भारतीय न्यूज च्यानलहरुले नेपालको स्वाभिमानमाथि श्रंखलाबद्ध रुपमा गलत प्रचार गरेपछि लगाएको बन्देज तत्काल हटाउने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकूल नहुँदासम्म कायम रहने नीति सरकारले लिएको छ ।

मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता डा।युवराज खतिवडाले परिस्थिति अनुकूल भएर ती मिडियाहरु नसुध्रिँदासम्म बन्देज कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको जानकारी दिनुभयो । सञ्चार मन्त्रालयको जिम्मेवारीमा समेत रहनुभएका अर्थमन्त्री डा। खतिवडाले सेवा प्रदायकहरुले राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल नखोलिने बताएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्