Logo

रुस कोरोनाविरुद्धको खोप विकास गर्ने पहिलो मुलुक बनेकै हो ?



काठमाडौं, २९ असार । विज्ञान र प्रविधिका क्षेत्रमा रुस अग्रपंक्तिमा छ । रुसी वैज्ञानिकहरु सँसारभर प्रभावशाली छन् । सोभियत संघ हुँदा विज्ञान प्रविधिका क्षेत्रमा ऊ धेरै क्षेत्रमा पहिलो राष्ट्र बन्न सफल भएको हो ।

अन्तरीक्षमा पहिलोपटक मानिस पठाउने देखि चन्द्रमामा पहिलो यान पठाउने सोभियत संघ थियो । चन्द्रमामा लाइका कुकुर पठाउने, अन्तरीक्षणमा युरी गागरिनलाई पहिलोपटक पठाउने रुस हो ।

अत्याधुनिक हातहतियार बनाउन पनि रुस अगाडि छ । रुसी हतियारको माग विश्वभर छ ।

विज्ञान प्रविधिमा अगाडि रहेको रुसले यसपटक कोरोना भाइरसको खोप विकासमा पनि पहिलो बनेको दाबी गरेको छ । रुसमा कोरोना भाइरसको खोपको क्लिनिकल परीक्षण सकिएको रुसी समाचार संस्था तासले जनाएको छ । मानव परीक्षण सकिएकाले अब यसको उत्पादन शुरु हुने सम्भावना छ ।

सेकेनोभ विश्वविद्यालयका स्वयंसेवीहरु परीक्षणमा सहभागी भएका थिए । परीक्षणबाट खोप प्रभावकारी प्रमाणित भएको मुख्य रिसर्चर एलेना स्मोलयारचुकको भनाई उदृत गर्दै तासले लेखेको छ । खोप सुरक्षित पनि भएको र स्वयंसेवीहरु १५ देखि २० जुलाई भित्र डिस्चार्ज हुनेछन् । स्वयंसेवीहरु मेडिकल सुरपरीवेक्षणमा रहेको समेत जनाइएको छ ।

सेचेनोभ विश्वविद्यालय पहिलो चरणको खोपको परीक्षणमा १८ स्वयंसेवीलाई १८ जुनमा सहभागी गराएको थियो । दोस्रो समुहमा २० जनालाई २३ जुनमा सहभागी गराएको थियो ।

खोपको मानव परीक्षण सकिएपनि अन्य प्रक्रिया अझै बाँकी रहन्छ । परीक्षणबाट खोप प्रभावकारी भएको प्रमाणित भइसकेपछि उत्पादन शुरु हुनेछ । खोपको प्रभावकारिता र सुरक्षाको प्रमाण भएपछि मात्र प्रमाणिकीकरण हुन्छ । त्यसमाथि विश्व स्वास्थ्य संगठनले यसलाई मान्यता दिनुपर्ने अवस्था पनि रहन्छ । अन्यथा रुसबाहिर यसको प्रयोगले मान्यता नपाउन सक्छ ।-एजेन्सीको सहयोगमा Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्