झापा २९ असार : नक्कली एक लाख ४४ हजार भारतीय नोट सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कन्काई नगरपालिका–४ बस्ने खुर्सैद आलम, सोही नगरपालिका–३ बस्ने मौसम श्रेष्ठ र झापा गाउँपालिका–५ बस्ने एराजुल हक रहेको प्रहरीले जनाएको छ ।
भारतीय नक्कली नोट कारोबार गर्न लागेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयले पक्राउ गरेको बुझिएको छ । प्रहरीले घरमै तलासी गर्दा ५ सय दरका २ सय ८८ थानमा रहेका नोट फेला पारी पक्राउ गरेको हो ।