Logo

पाँच जुवाडे पक्राउ



काठमाडौं, २९ असार । जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । काठमाडौं धुम्बाराहीका बिष्णु राना मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई नगदसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त घरमा जुवातास खेलिरहेको सुचनाको आधारमा उनीहरुलाई ५० हजार ९ सय ७५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरील जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्