Logo

उपत्यकामा नाै जना संक्रमित थपिए, एक हजार ७०५ जना डिस्चार्ज



काठमाडौँ २९ असार : उपत्यकामा नाै जना संक्रमितसहित आज (सोमबार) एक सय ४४ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ९४५ पुगेको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौंका तीन जना, ललितपुरका पाँच जना र भक्तपुरका एक जना रहेका छन् ।

त्यसैगरी विगत २४ घण्टामा कोरोना परास्त गर्ने मानिसको संख्या एक हजार ७०५ रहेको छ । नेपालमा हालसम्म कोरोना परास्त गर्ने कुल संख्या ६०.७ प्रतिशत रहेको छ । संक्रमण दरमा कमि आएको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्