Logo

वायुले बाटो नबदले ठूलो झुण्ड नेपाल आउनसक्ने



काठमाडौँ, ३० असार। दुई साताअघि पाँच लाखको सङ्ख्यामा नेपाल भित्रिएको सलहको झुण्डबाट नेपालले खासै क्षति भोग्नुपरेन । शनिबार बिहान ९ बजे दाङमा १५ लाखको सङ्ख्यामा प्रवेश गरेको सलह निकै सक्रिय भएसँगै त्यसले क्षति पुर्याउनेमा मध्यपश्चिमका किसान चिन्तित भएका छन् ।

हावाको गतिका आधारमा अहिलेसम्म नेपालमा अरु झुुण्ड पनि भित्रिने सक्ने सम्भावना उत्तिकै छ । हावाको गति मङ्गलबारदेखि केही परिवर्तन हुने पूर्वानुमान गरिएको छ । तर अहिलेको अवस्थामै हावाको गति रहने हो भने, नेपालगञ्ज,कैलाली र कपिलवस्तुबाट सलहको झुण्ड नेपाल आउन सक्छ ।

नेपालका बोर्डरबाट एक सय किलोमिटरको दूरीमा सलहका झुण्ड सक्रिय भएकाले तिनीहरू नेपाल आउनसक्ने सम्भावना निकै रहेको वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताउनुुभयो । लखनउ, बहराइचमा सक्रिय रहेका सलहको झुण्ड नेपाल आउनसक्ने धेरै सम्भावना छ । सुवेदी भन्नुुहुन्छ, ‘अहिलेकै हावाको मोड रहेमा मङ्गलबार र बुधबारसम्ममा बिहार हुँदै जनकपुरतर्फबाट र पश्चिममा पनि उत्तरप्रदेश हुँदै कपिलवस्तु र रूपन्देहीतर्फबाट नेपालमा प्रवेश गर्न सक्ने देखिएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्