Logo

आजको मौसमः दिनभर मध्यम वर्षा हुने



काठमाडौं,असार ३० । गत शुक्रबारदेखि सक्रिय मनसुन अझै धेरै लम्बिन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।हाल देशभरका अधिकांश भागहरूमा मध्यम वर्षा भइरहेको जनाउँदै महाशाखाले न्यून चापीय रेखा तराई भूभाग बाट केहि दक्षिण तिर सरेकाले अझै केहि दिन मनसुनी गतिविधि कायमै रहने जनाइएको छ ।

हाल देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। मंगलबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज रातीसमेत देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मनसुन मुख्य रुपमा नेपाल प्रवेश गरेकाले जुनसुकै बेला घनघोर वर्षा हुनसक्ने भएकाले सबैले सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्