Logo

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९२ हजार दुई सय



काठमाडौं, ३१ सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ। बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले बढेर कारोबार भइरहेको जनाएको छ ।

यसअघि असार २५ गते छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँले कारोबार भइ रेकर्ड बनाएको थियो । त्यसैगरी आज तेजावी सुन प्रतितोला ९२ हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्