Logo

काठमाडौंका सात जनामा देखियो कोरोना, ६९७ जना डिस्चार्ज



काठमाडौँ, ३१ असार : आज (बुधबार) काठमाडौंका सात जनासहित ११६ जना कोरोना संक्रमण देखिएको छ । नेपालमा हालसम्म १७ हजार १७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसमध्य ६ हजार ११४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना परास्त गर्नेको संख्या छ सय ९७ पुगेको छ । हालसम्म कोरोनापरास्त गर्ने कुल संख्या ११ हजार २५ पुगेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्