Logo

नेपालमा कोरोनाबाट थप एकको निधन, मृतक संख्या ३९ पुग्याे



काठमाडौँ ३१ असार:  नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको निधन भएको छ । निधन हुने रौतहट पर्रोहा नगरपालिका ७ का ३६ वर्षिय पुरुष हुन् ।

स्वास्थ्यमा निकै समस्या आएपछि उनलाई २९ असारमा नारायणी अस्पताल,बिरगंजको आइसीयुमा राखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । समस्या बढेपछि ३१ असारमा भ्यान्टिलेटरमा राखिएका थिए । उपचारका क्रममा उनको आज अपरान्ह साँढे २ बजे निधन भएको जनाइएको छ ।

स्वाथ्य मन्त्रालयका अनुसार आज मृत्यु भएका समेत गरी कुल मृतकको संख्या ३९ पुगेको छ।-File photo



प्रतिक्रिया दिनुहोस्