एजेन्सी, १ साउन । बिटक्वाइन घोटाला अेमरिकी चर्चित व्यक्तिहरुको ट्वीटर अकाउन्ट ह्याक गरिएको छ । अरबपति एलन मस्क, जेफ बेजोस, बिल गेट्सको अधिकारिक ट्वीटर अकाउन्टलाई केही कथित ह्याकरहरुले लक्षित गरेको छ । उनीहरुको अकाउन्टमार्फत बिटक्वाइनमा लगानी गर्ने व्यक्तिको रकम दुई गुणा गरिदिने गरी ट्वीट स्वतः लखिएको थियो ।
ट्वीटरका लागी निकै कठिन परिस्थिती देखापरेको छ । ट्वीटरले आफ्नो तर्फबाट खोजी जारी रहेको र वास्तवीक रुपमा के भएको हो ? भन्ने विषय पत्ता लागीसकेको ट्वीटरका प्रमुख डोरसीले जनाएका छन् । ह्याकरहरुले लाखौँ फ्यान फलोइङ भएको अकाउन्टलाई लक्षित गरेको हो । चर्चित व्यक्तिहरुको अकाउन्टका प्रक्रियाहरुसमेत नचल्ने जीकिर भएको छ । यो अहिलेसम्मको घातक ह्याककिङ भएको साइबर सेक्युरिटी कम्पनी क्राउड स्ट्राइकका प्रमुख डिमिट्री एलपोरोबिचले रियुटरलाई जानकारी दिए ।
चर्चित व्यक्तिको अकाउन्ट मार्फत लखिएको ट्वीटले मानिस प्रभावित समेत भएका थिए । यस ह्याकमा किम कार्डेशियन, बाराक ओबामा, जो बाइडेन, माइक ब्लूमवर्ग, उबर, एप्पल जस्ता प्रख्यात कम्पनीहरुलाई समेत लक्षित गरिएको थियो । यस विषलाई लिएर ट्वीटरलाई अत्यधिक मात्रामा चूनौती भोग्नु परेको छ । ट्वीटर प्रमुख ज्याक डोरसीको अकाउन्ट समेत ह्याक भएको थियो । तर, उनको अकाउन्ट तुरुन्तै रिकभर गराइयो । चर्चित मनिसद्वारा गरिएको ट्वीटमा तत्काल कुने व्यक्तिलाई नभुल्न र सहयोग नगर्न अमेरिकी सुरक्षा निकाय र ट्वीटरले समेत आग्रह गरेको छ । यसमाथि तीव्र गतीमा काम भइरहेको प्रमुखले जनाएका छन् ।