Logo

खेतमा पानीको विवाद हुँदा छिमेकीलाई खुकुरी प्रहार गर्ने पक्राउ



भोजपुर, १ साउन । खुकुरी प्रहार गरेको अभियोगमा राम कुमार राई बुधबार दिउँसो पक्राउ परेका छन् । छिमेकीलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा साल्पासिलिछो गाउँपालिका तिनथाङका राईलाई प्रहरीले पक्राउ गरेको हो ।

छिमेकी सादेव राईलाई खेतमा पानी लगाई घर फर्किने क्रममा विवाद हुँदा राम कुमारले खुकुरी प्रहार गर्दा घाइते भएका सहदेवलाई स्वास्थ्य चौकी दोभाने हुँदै थप उपचारको लागि तुम्लिङटार संखुवासभातर्फ लगिएको छ ।

राम कुमार राईलाई घाइते अवस्थामा प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले फेला पारी सामान्य उपचार पश्‍चात पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्