Logo

किशोरीलाई बन्धक बनाई यातना दिने राउत पक्राउ



ललितपुर, १ साउन । किशोरीलाई बन्धक बनाई यातना दिएको अभियोगमा ललितपुरका सुरज राउतलाई प्रहरीले पक्राउ गरेको छ । १९ वर्षीया किशोरीलाई बन्धक बनाई यातना दिएको अभियोगमा महालक्ष्मी नगरपालिका चसिडोलका राउत बुधबार साँझ पक्राउ परेका हुन् ।

राउतले आफ्नै घरमा विगत ८ महिनादेखि बस्दै आएकी ती किशोरीलाई बन्धक बनाई यातना दिदै आएकोले महानगरीय प्रहरी प्रभाग सिरुटार र महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्