Logo

२.३८ प्रतिशत बढेर बन्द भयो नेप्से



काठमाडौँ १ साउन: नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्से परिसूचक २.३८ प्रतिशत बढेर बन्द भएको छ। आर्थिक वर्ष २०७७/७८ को पहिलो दिन नै नेप्से हरियो भएपछि लगानीकर्ताहरु पनि उत्साहित भएका छन्।

बिहीबार नेप्से परिसूचक ३२.४२ अंक बढेर एक हजार ३९४.७७ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.३६ प्रतिशत अर्थात ६.८१ अंक बढेर २९५.०६ विन्दुमा पुगेको छ।

यस दिन १८० कम्पनीहरुको १६ हजार ५४५ पटकको कारोबारमा १ अर्ब ४ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको २९ लाख १४ हजार ५१८ कित्ता शेयर खरिदबिक्री भएको छ। मेरोलागानी/File Photo



प्रतिक्रिया दिनुहोस्