Logo

सवारी पास दुरुपयोग गरी यात्रु ओसारपसार गरेको अभियोगमा पक्राउ



काठमाडौं, १ साउन । सवारी पास दुरुपयोग गरी यात्रु ओसारपसार गरेको अभियोगमा ओम बहादुर दरैलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नागढुंगाबाट सवारी पास दुरुपयोग गरी यात्रु ओसारपसार गरेको अभियोगमा तनहुँ व्यासका दरै सोमबार पक्राउ परेका हुन् ।

दमौलीबाट काठमाडौंतर्फ आउँदै गरेको ग.२ च ६५४५ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएका प्रहरीले जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रशासन कार्यालय तनहुँबाट जारी भएको उपत्यका प्रवेश पास प्रयोग गरी पटक पटक ‍अनावश्यक रुपमा यात्रु ओसारपसार गर्ने गरेको खुल्न आएश्चात दरैलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

साथै यात्रु ओसारपसार गरी संक्रमणको जोखिमलाई नबढाउनुहोस् भनि प्रहरीले सम्झाई बुझाई गर्दा चालक दरैले उल्टै डिउटीमा खटिएका प्रहरीसँग वादविवाद तथा अपशब्द प्रयोग गरी हातपात गर्न खोजेको उक्त प्रभागले जनाएको छ । उनलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको उक्त प्रभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्