Logo

पहिलो फिल्ममा अमिताभको साथमा काम गरेकी कट्रिना यसरी बनिन् फ्पलबाट सुपरस्टार



काठमाडौ, १ साउन । बलिउड अभिनेत्री कट्रिना कैफको आज ३७ औं जन्मदिन हो । हंङकङमा जन्मेकी कट्रिनाले आज परिवार र साथीको साथमा जन्मदिन मनाउदै छिन् । उनलाई सामाजिक सञ्जालमा शुभकामना दिने क्रम जारी रहेको छ ।

कट्रिना मोडलिंग हुँदै बलिउड चलचित्र उद्योगमा फिल्म ‘बुम’ बाट प्रवेश गरेकी हुन् । पहिलो फिल्म ‘बुम’ मा अमिताभ बच्चन र गुलशन ग्रोवरसँग काम गरेकी थिइन् ।

पहिलो फिल्ममा अभिनय गरेपछि टिभी र मोडलिङको धेरै अफर आए उनलाई । उनको दोस्रो तेलुगु फिल्म ‘मल्लिसवरी’ बक्स अफिसमा हिट भयो ।

कट्रिनाद्धारा अभिनित फिल्महरु ‘नमस्ते लन्डन’, ‘वेलकम’, ‘रेस’, ‘राजनिती’, ‘टाइगर’, ‘टाइगर जिन्दा ह’े, ‘जिन्दगी नहि मिलेंगा दोबारा’ सफल भएका थिए । गत वर्ष सलमान र कट्रिनाको अभिनय रहेको फिल्म ‘भारत’ सफल भएको थियो ।

उनको करियरको सफलतासँगै प्रेम सम्बनधले पनि सधै चर्चा बटुलिरह्यो । एक अर्काको मायामा रहेका अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ केहि वर्ष अघि अलग भएका थिए । सलमानसँग टाढिएसँगै कट्रिना अभिनेता रणबीर कपुरको प्रेममा परिन् । लिभइन टुगेदरमा बसेका यी दुई केही वर्षपछि सँगै बस्न नसकिने भन्दै छुट्टिएका थिए । हाल भने उनको नाम बलिउडका नायक विक्की कौशलसँग जोडिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्