Logo

साउन महिना यसकारण विशेष (वैज्ञानिक कारण सहित)



साउन महिनाको प्राकृतिक र आध्यात्मिक महत्व छ । यसबारेमा मनमा अनेकन प्रश्न उठ्न सक्छ । किन व्रत बसिन्छ ? किन शिवलिंगमा दुध चढाउने ? किन रुद्राभिषेक गर्ने ? किन जल चढाउने ?

विज्ञान, अध्यात्म एंव प्रायोगिक भाषामा यसरी बताइएको छ ।

साउन महिना किन विशेष

श्रावण महिना प्रकृतिबाट नै हामीले हावा, हरियाली र जल आदी निशुल्क पाउछौ, प्रकतिबाट सबै चीज प्राप्त गरेका मानिसले धन्यवाद वा कृतज्ञता प्रकट गर्ने महिना हो साउन ।

वैज्ञानिक कारणः वर्षा ऋतुको आगमन असार महिनाबाट हुने भएकोले साउन महिना उम्रने पात सागपात आदी प्रथम वर्षाबाट दुषित हुन्छ । हाम्रा ऋषिहरुलाई यसको जानकारी पहिल्यै थियो । यसैले पत्ता भएका सागसब्जी खाना वर्जित गरिएको हो । यसकारण पुरै महिना व्रत बस्ने सन्देश दिएका हुन्, जुन आज पनि एक ठुलो मानिन्छ ।

किन चढाउने शिवलिंगमा दुधः दुषित वर्षाले उम्रेको सागपात, पात भएका तरकारी र घासपातको सेवन गरेका गाई भैसीबाट निस्केको दुध पनि दुषित हुन्छ । ऋषिहरुले विष पिउने शिवमाथि मात्र साउन महिनामा दुध चढाउने भनेका हुन् ।

पञ्चामृत के हो ?

पञ्च तत्व मिलेर पञ्चामृत बनेको हुन्छ । दुध, घिउ, दही, चिनी र मह । यी पंचतत्वहरुले क्रमश जल, वायु, अग्नि, आकाश र धरतीका तत्वका प्रतिनिधित्व गर्छन्, जसले मानव शरीरु बनेका हुन् । यहि तत्वरुपि पंचामृत दिएर भगवान प्रति कृतज्ञता अर्पित गर्छौ ।

हाम्रा शरीरका अंगले नाभिले ब्रह्मा, छातीको मध्य भागले विष्णु र टाउकोको मध्य भागले शिवजीको प्रतिनिधित्व गर्छन् ।



प्रतिक्रिया दिनुहोस्