Logo

ओली र प्रचण्ड एक-अर्काविरुद्ध रणनीतिक अस्त्र तयार गर्दै



काठमाडौं, १ साउन । नेपाल कम्युनिस्ट पार्टीको पटक पटक स्थगित बैठक भोलि बस्ने हो होइन निश्चित छैन । बैठक बसेमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीनिकटस्थहरु सहभागी हुने सम्भावना भने कमजोर छ ।

आज बालुवाटारमा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको बैठकमा तनाव सृजना भएको खुलेको छ । ओलीसँग दाहाल र नेपालले राजीनामा माग्दा उनले जुनसुकै कदम चाल्न चुनौती दिदै सामना गर्ने बताए । लगत्तै दुवै नेता खुमलटार पुगेर समुहको बैठक बसेर रणनीति तयार गर्न केन्द्रित भए ।

ओलीले पनि आजै निकटस्थसँग परामर्श गरेका छन् । उनले अब आउनसक्ने चुनौतीका लागि तयार हुन भनेको बुझिएको छ । दुवै पक्ष आ आफ्नो रणनीति बनाएर प्रस्तुत हुने भएपछि टकराव झन् बढ्ने संकेत देखिएको छ ।

पार्टी फुटबाट जोगाउन र सहमति निकाल्न एक व्यक्ति एक पदको बटमलाइनसहित प्रचण्ड र नेपाल प्रस्तुत भएका थिए । तर, ओलीले त्यसलाई ठाडै अस्वीकार गरेको विश्वस्त स्रोतले बताएको छ ।

ओली कुनै हालतमा सरकारबाट नहट्ने अडानमा छन् । उनलाई सरकारबाट हटाइछाड्ने गरी प्रचण्ड पक्षधर देखिएका छन् । अब वार कि पार गर्ने गरी दुवै पक्ष आ आफ्नो ढंगले रणनीति बनाउन सक्रिय भएका छन् ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्